जुडोको दोस्रो दिन आर्मीलाई चार स्वर्ण

जुडोको दोस्रो दिन आर्मीलाई चार स्वर्ण


आठौँअन्तर्गत १६औँ राष्ट्रिय जुडोको दोस्रो दिन आर्मीले चार स्वर्ण जितेको छ । दोस्रो दिन सात स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा प्रहरीले दुई तथा एपीएफले एक स्वर्ण जिते ।

पुरुष ७३ केजीमुनि प्रहरीका सन्जित डङ्गोल पहिलो भए । सन्जितले फाइनलमा आर्मीका जंगबहादुर सारूलाई पराजित गरे । ९० केजीमुनि आर्मीका सूर्यमान लामाले स्वर्ण जिते । फाइनलमा उनले प्रहरीका श्रीराम मकाजुलाई हराए । १०० केजीमुनि फाइनलमा प्रहरीका रविन श्रेष्ठले आर्मीका रमेशबहादुर चन्दलाई पाखा लगाउँदै स्वर्ण जिते ।

महिला ७८ केजीमुनि आर्मीकी आकृति जोशी, ५२ केजीमुनि एपीएफकी देविका खड्का, ६३ केजीमुनि आर्मीकी निर्मला घर्तीमगर र ७८ केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो भए । फाइनलमा आकृतिले प्रदेश ५ की दीपा गुरुङ, देविकाले प्रहरीकी दिलकुमारी छन्त्याल, निर्मलाले प्रहरीकी रेणुका थापा र पुनमले प्रदेश ५ की सम्झना चौधरीलाई पाखा लगाए ।