शोलेको बिरु पात्र ब्युँताउँदै धर्मेन्द्रले मागे मत

शोलेको बिरु पात्र ब्युँताउँदै धर्मेन्द्रले मागे मत


चर्चित बलिउड अभिनेता धमेन्द्रले भारतीय जनता पार्टीकी सांसद तथा लोकसभा निर्वाचनकी उम्मेदवार आफ्नी जीवनसङ्गिनी हेमा मालिनीको निम्ति फिल्मी–शैलीमा भोट मागेर मतदातालाई मनोरञ्जन दिएका छन् ।

भारतको मथुरा निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिएकी बहुचर्चित वलिउड अभिनेत्री हेमाको चुनाव प्रसारप्रसार गर्ने क्रममा धमेन्द्रले चर्चित फिल्म ‘शोले’का बिरुको अन्दाजमा हेमाका लागि भोट मागेका हुन् ।

गढवाल रंगशालामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै धर्मेन्द्रले भने– ‘अरे गाँव वालो ! अगर आपने हेमा मालिनीको अच्छे वोटों से नहि जिताए तो इस गाँव के पानीटैंकी मे चढ जाउङ्गा ।’

धर्मेन्द्रको उक्त शैली उपस्थित जनसमूहले निकै रुचाएका थिए ।