गल्फमा टंकबहादुरको उत्कृष्ट प्रदर्शन

गल्फमा टंकबहादुरको उत्कृष्ट प्रदर्शन


आठौँ राष्ट्रियअन्तर्गत राष्ट्रिय गल्फ प्रतियोगिता गोकर्ण गल्फ क्लबमावैशाख २ गतेदेखि सुरु भएको छ । इन्डिभिज्युएलतर्फ टंकबहादुर कार्की ३ स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा रहेका छन् । उनले सानदार सुरुवात गर्ने क्रममा ५ अन्डर ६७ अंक जोडी दाबेदार शुक्रबहादुर राईलाई ३ स्ट्रोकले पछि पारेका हुन् । टंकले फ्रन्ट नाइन ३ अन्डर ३३ र बयाक नाइन २ अन्डर ३४ मा पूरा गरे । शुक्र २ अन्डर ७० को नतिजामा दोस्रो स्थानमा रहेका छन् । युवा खेलाडी सुवास तामाङ र अजित बिके १ ओभर ७३ अंकका साथ संयुक्त रूपमा तेस्रो स्थानमा रहे ।

महिलातर्फ १६ ओभर ८८ अंकका साथ प्रतिभा राई शीर्षस्थानमा रहँदा कसमिरा शाहलाई ५ स्ट्रोकलेपछि पारिन् । टिम इभेन्टसमा प्रदेश एक १४४ अंकसहित पहिलो स्थानमा र सेना १५० अंकका साथ दोस्रो स्थानमा रहेका छन् । तीन दिनसम्म चल्ने प्रतियोगितामा ३४ पुरुष र ६ महिला गरी कुल ४८ खेलाडीको सहभागिता रहेको छ । दुई महिला खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।