नेपालद्वारा मलेसियालाई २३० रनको चुनौती

नेपालद्वारा मलेसियालाई २३० रनको चुनौती


आइसिसी यु १९ एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आजको खेलमा नेपालले ओमानलाई २३० रनको विजय लक्ष्य हासिल गर्न चुनौती दिएको छ ।

मलेसियाको शिलानगोर ट्रफ क्लबको मैदानमा भएको चौथो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २२९ रनको योगफल तयार गऱ्यो ।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए । त्यसैगरी प्रतिष जिसीले ४१, भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५ तथा रित गौतमले १० रन जोडे ।

बलिङतर्फ ओमानका मुजाहिर राजा, सञ्जय रवीन्द्र, जिल तन्ना र अजम अलीले दुई÷दुई विकेट झारे । यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा पराजय भोगेको छ ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा युएइसँग एक रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपालले मलेसियालाई आठ विकेटले हराएको थियो भने नेपाललाई विश्वकप प्रतियोगितामा छनोट हुनाका लागि पनि ओमनलाई हराउनै पर्ने बाध्यता छ ।

सन् २००७ को एसीसी एलाइट कप यू–१९ क्रिकेटमा नेपालले ओमानलाई आठ विकेटले हराएको थियो ।