पेरिसस्थित साढे आठ सय वर्ष पुरानो प्रसिद्ध चर्चमा आगलागी

पेरिसस्थित साढे आठ सय वर्ष पुरानो प्रसिद्ध चर्चमा आगलागी


पेरिसस्थित प्राचीन एवम् विश्वप्रसिद्ध नोट्र–डम क्याथेड्रलमा भीषण आगलागी भएको छ । नवीकरणको कार्य भइरहेको उक्त चर्चमा कसरी आगो लाग्यो भन्ने स्पष्ट हुन सकेको छैन । जिर्णोद्धारको क्रममै भएको कुनै असावधानीका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

८ सय ५० वर्ष पुरानो उक्त चर्च भवन महत्वको हिसाबले फ्रान्सको इफेल टावरबराबरको मानिन्छ । बीबीसीका अनुसार संसारकै सबभन्दा पुरानो क्याथेड्रलमध्येको एक रहेको उक्त चर्चमा वर्षेनी लाखौँ सङ्ख्यामा पर्यटक घुमघामका लागि र प्रार्थना गर्नसमेत पुग्ने गर्दथे । सो भव्य भवनको कतिपय भित्ता चर्किएपछि जिर्णोद्धारको काम भइरहेको थियो ।