विश्वकप क्रिकेटका लागि भारतीय टोलीको चयन

विश्वकप क्रिकेटका लागि भारतीय टोलीको चयन


भारतीय क्रिकेट बोर्ड (आईसीसी)ले २०१९ को विश्वकप क्रिकेट प्रतियोगिताको लागि अप्रिल १५ तारिखका दिन राष्ट्रिय टिमको घोषणा गरेको छ । १५ सदस्यीय टिमको कप्तानमा विराट कोहली रहेका छन् । त्यस्तै, टिमको उपकप्तानमा रोहित शर्मालाई चयन गरिएको छ ।

आगामी महिनादेखि इंग्ल्यान्डमा आयोजना हुने विश्वकप क्रिकेटको अन्य भारतीय टिमका सदस्यहरूमा पूर्वकप्तान महेन्द्रसिंह धोनी विकेटकिपरको रूपमा छनोट भएका छन् । धोनी नेतृत्वमा भारतले सन् २०११ मा दोस्रोपटक विश्वकप क्रिकेटको उपाधि जितेको थियो ।

त्यस्तै, अन्य १२ खेलाडीमा शिखर धवन, केएल राहुल, केदार जाधव, दिनेश कार्तिक, हार्दिक पान्ड्या, विजय शंकर, कुलदीप यादव, युजवेन्द्र चहल, जसपित बुहराह, भुवनेश्वर कुमार, मोहम्मद शमी र रवीन्द्र जडेजा रहेका छन् ।