राजधानीमा पाँचतारे होटेल मेरियट सञ्चालनमा

राजधानीमा पाँचतारे होटेल मेरियट सञ्चालनमा


काठमाडौंस्थित नागपोखरीमा सोमबारबाट नयाँ पाँचतारे होटेल सञ्चालनमा आएको छ । एमएस समूहले नागपोखरीमा निर्माण गरेको होटेल मेरियट सोमबारबाट सञ्चालनमा आएको हो ।

१३ रोपनी क्षेत्रफलमा फैलिएको १३ तलाको सो होटेलमा २१४ कोठा रहेका छन् । पर्यटन विभागबाट प्रमाणपत्र पाउन बाँकी रहेको उक्त होटेलमा १९३ डिलक्स रुम र २० स्विट छन् । होटेलमा क्यासिनोसहित पाँचतारे होटेलमा पाइने सबै प्रकारका सुविधा उपलब्ध हुने बताइएको छ ।

होटेल मेरियट सञ्चालनमा आएसँगै देशमा अब पाँचतारे होटेलको संख्या १४ पुगेको छ जसमा राजधानीमै आठ र राजधानीबाहिर पाँचवटा छन् । राजधानीमा याक एण्ड यति, होटेल अन्नपूर्ण, होटेल मल्ल, हायात रिजेन्सी, सोल्टी क्राउन प्लाजा, ¥याडिसन, सांग्रिला र मेरियट सञ्चालनमा रहेका छन् भने होटेल एभरेस्ट अहिले बन्द रहेको अवस्थामा छ ।

राजधानीबाहिर रहेका पाँचतारे होटेलमा पोखराको ग्रान्ड, भैरहवाको टाइगर प्यालेस रिसोर्ट, नेपालगन्जको सोल्टी वेन्सटेन्ड प्रिमियर र सेन्टर प्लाजा सञ्चालनमा छन् भने पोखराको फूलबारी रिसोर्ट अहिले बन्द छ ।