रक्सी खाएर बसमा आगजनी गर्ने माझी प्रहरी नियन्त्रणमा

रक्सी खाएर बसमा आगजनी गर्ने माझी प्रहरी नियन्त्रणमा


मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मालबासे पेट्रोलपम्पनजिक सोमबार बिहान रोकिराखेको बसमा आगजनी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार बिहान साढे ३ बजे सो स्थानमा राखिरहेको ना.४ख ४९ नम्बरको बसमा आगजनी गर्ने सर्लाही घर भई उर्लाबारी–७ मा बस्दै आएका ३७ वर्षीय रामहरि माझीले मादकपदार्थ सेवन गरेर बसमा आगजनी गरेको बयान दिएका छन् । उनको साथबाट एक थान लाइटर बरामद भएको छ ।