आजको पञ्चाङ्ग एवम् राशिफल (२ वैशाख २०७६ सोमबार, १५ अप्रिल २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ वैशाख २०७६ सोमबार, १५ अप्रिल २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणेश्रीशाके १९४१ नेपाल सं. ११३९ वसन्तऋतु परिधावी नामक संवत्सर वि.सं.२०७६ वैशाख २ गते तद्अनुसार सन् २०१९ अप्रिल १५ तारिख सोमबार चैत्र शुक्लपक्ष एकादशी तिथि मघा नक्षत्र गण्ड योग भद्राकरण आनन्दादिमा ध्वांक्ष योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय विहान ५ः४२ मा भयो र सूर्यास्त साँझ १८ः२८ मा हुनेछ । शुभ समय अभिजित– ११ः३९ देखि १२ः३० राहु काल– ७ः१६ देखि ८ः५२ दिशा शूल– पूर्व ।

आजको राशिफल

मेष राशि – प्रेम पथमा सफलता मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । नयाँ ऊर्जा वृद्धि होला । मनोकुलको कार्य बनेर मन प्रसन्न हुनेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । उन्नति र पदोन्नति हुनेछ । यात्रा होला । धर्मकर्ममा आकर्षण होला । सुख–आनन्द बढ्नेछ । विद्या बुद्धि बढ्ला । कला, साहित्य, बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । इष्टमित्र सन्तति सुख बढ्नेछ । गीत–संगीतमा रुचि बढ्ला । ख्याति फैलिनेछ ।

बृष राशि – लगानी र खर्च बढेको लाग्ला । भागदौड चलिरहला । जोखिममा नपर्नु उचित होला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ यद्यपि आज बढि नै मिहीनेत गर्नुपर्ला । हासविलासमा रुचि बढ्नेछ । सामानहरू नहराओस् भनेर ध्यान राख्नुपर्ला ।

मिथुन राशि – नयाँ सफलता मिल्नेछ । आयस्रोत बढ्नेछ । धनसम्पत्तिमा वृद्धि होला । आर्थिक काम बन्नेछ । लगानी उठ्नेछ । साझेदारीको काम बन्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आँट उत्साह बढ्नेछ । सुख सम्पति बढ्ला । यात्रामा सफलता मिल्ला । ऐश्वर्य वृद्धि हुनेछ । हासविलासमा रुचि बढ्नेछ । जीवनसाथीको सहयोग मिल्ला । आफन्तको साथ भेट्ला । नयाँ–नयाँ सम्पर्क बढ्नेछ ।

कर्कट राशि – पारिवारिक क्षेत्रसित सम्बन्धित काममा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । आफन्तको सहयोग मिल्नेछ । उच्च अधिकारीको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । धन मान सुख सम्पति बढ्नेछ । वार्तामा सफल हुनुहुनेछ । सभासमारोहमा भाग लिनुहुनेछ । आरोग्यता बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । रोकिएको काम बन्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न भैहाल्नेछ ।

सिंह राशि – ख्याति फैलिनेछ । दूरदेशबाट शुभ समाचार मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । महत्व बढ्नेछ र कारोवार पनि फैलिने छ । ग्रहगोचर शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन मिल्नेछ । सुख आनन्द वृद्धि होला । मान महत्व बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्ला । इष्टमित्रको सहयोग मिल्नेछ । प्रेममा सफलता मिल्नुको साथै सन्तान सुख पनि भेट्नेछ ।

कन्या राशि – स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । भागदौड चलिरहला । बाटोघाटो काट्दा होस् पुऱ्याउनु पर्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । नियम कानुनलाई ध्यानमा राख्नुपर्ला । हासविलासमा रुचि बढ्ला । खर्च बढ्नेछ । अरुको भर पड्नु र लापर्वाही गर्नु उचित हुने छैन । विवाद आदिमा पर्नु र जोखिमपूर्ण काममा लाग्नु उचित हुनेछैन ।

तुला राशि – नयाँ काम गर्नमा रुचि बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । विलासमा रुचि बढ्नेछ । समय लाभदायक र उन्नतिवर्द्धक रहनेछ । आरोग्यता बढ्ला । जीवनसाथीको साथ मिल्ला । धनसम्पत्ति वृद्धि होला । रोकिएको काम बन्नुको साथै उधारो लगाइएको धन उठ्नेछ । आफन्तको सुख मिल्नेछ । इच्छा पूरा होला । यात्रामा सफलता प्राप्त होला । लेखन र प्रकाशनसित सम्बन्धित काम बन्नेछ । ऐश्वर्य बढ्नुको साथै विजय पनि मिल्नेछ ।

वृश्चिक राशि – आर्थिक कार्यमा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बलियो बन्ने छ । वार्तामा सफलता मिल्नेछ । आफन्तको सहयोग प्राप्त होला । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । यश बर्चश्व बढ्ला । उन्नति–पदोन्नति हुनेछ । मनोकुलको कार्य बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । धन मान बढ्ला । आँट साहस वृद्धि हुनेछ । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । विजयश्री प्राप्त होला ।

धनु राशि – आफन्तको साथ मिल्नेछ । सुख आनन्द बढ्ला । कला साहित्यिक गीत–संगीत बौद्धिक र रचनात्मकतासँग सम्बन्धित कार्यमा सफलता मिल्नेछ । शारीरिक र आर्थिक काममा सफलता मिल्नेछ । इष्टमित्र र सन्तानको लागि अनुकूल रहनेछ । शुभ र भाग्यवर्द्धधक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । प्रेमको क्षेत्रमा प्रगति हुनेछ । आमोदप्रमोदमा रमीरहनुहुनेछ ।

मकर राशि – खर्च बढ्नेछ । भागदौड बढ्नेछ । ऐनकानूनलाई ध्यानमा राख्नुपर्ला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । मान–सम्मानप्रति सचेत रहनुपर्नेछ । मिठो भोजन खान पाउनुहुनेछ, तर पाचनतन्त्रप्रति विचार पुऱ्याउनु पर्नेछ । कार्य क्षेत्रमा लापर्वाही नगर्नु बेस होला । समस्यामाथि सफलता प्राप्त होला । यात्रामा लापर्वाही नगर्नु उचित होला । अरूको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन ।

कुम्भ राशि – ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि होला । आयात–निर्यातसित सम्बन्धित काम बन्नेछ । लेखन–प्रकाशन कार्यकला र रचनात्मक आदि कार्यमा सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम बन्ला । आय वृद्धि होला । रोकिएको धन उठ्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । साथीभाइको सहयोग मिल्नेछ । उत्साह बढ्नेछ ।

मीन राशि – प्रयासरत काममा सफलता मिल्नेछ । मान महत्व प्राप्त हुनेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्ला । पारिवारिक सुखशान्ति बढ्नेछ । सन्तान सुख वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागमा बढोत्तरी हुनेछ । रोकिएको काम बन्नेछ । आर्थिक कार्य बन्ला । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्नेछ । सुख–सुविधाको बस्तु बढ्नेछ । हासविलासमा पनि रुचि रहनेछ । खेलकुद भ्रमणमा पनि आकर्षण रहनेछ । घरेलु समस्याको समाधान मिल्नेछ ।

वार्षिक राशिफल पनि हेर्नुहोस्-

ज्योतिषीय दृष्टिमा वि.सं. २०७६, कुन राशिका लागि कस्तो प्रभाव ?
https://ghatanarabichar.com/145513