चीनमा पाँच लाख विदेशी विद्यार्थी

चीनमा पाँच लाख विदेशी विद्यार्थी


चीनमा गत वर्ष सन् २०१८ मा विश्वका १९६ देशका झण्डै पाँच लाख विद्यार्थीले अध्ययन गरेको पाइएको छ । त्यहाँको शिक्षा मन्त्रालयले दिएको जानकारी अनुसार गत वर्ष कूल चार लाख ९२ हजार १८५ जना विदेशी विद्यार्थी अध्ययनका लागि चीन पुगेका छन् ।

सन् २०१७ को तुलनामा सन् २०१८ मा तीन हजार १३ विद्यार्थी बढेको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको सिन्ह्वाले जनाएको छ ।

ती विदेशी विद्यार्थीहरू देशका ३१ प्रान्तमा रहेका विभिन्न एक हजार चार कलेजमा अध्ययन गरेको मन्त्रालयका अधिकारीहरूको भनाई छ । विदेशी विद्यार्थीमध्ये ६० प्रतिशत एशिया महादेशका रहेका छन् । तीमध्ये कोरिया, थाइल्याण्ड र पाकिस्तानका क्रमशः सबैभन्दा धेरै रहेका छन् ।

चीनमा पढ्न गएका कूल विद्यार्थीमध्ये ६३ हजार जनाले चीन सरकारको छात्रवृत्ति पाएका छन् ।