पाकिस्तानमा तरकारी बजारमा विष्फोट, १६ को मृत्यु

पाकिस्तानमा तरकारी बजारमा विष्फोट, १६ को मृत्यु


तरकारी बजारसमीप खडा रहेको एक प्रहरी भ्यानलाई लक्षित गरी भएको बम आक्रमणमा पाकिस्तानमा एक प्रहरी जवानसहित सोह्रको मृत्यु भएको छ । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटास्थित हजारगञ्ज क्षेत्रमा रहेको तरकारी बजारमा स्थानीय समयअनुसार बिहान ८ बजे उक्त बम विष्फोट गराइएको एएफपीले जनाएको छ । घटनामा करिव तीस जना घाइते भएका छन् ।

व्यस्त तरकारी बजारमा आलुको बोरामा लुकाएर राखिएको बम विष्फोट भएको बताइएको छ । विष्फोटमा ज्यान गुमाउनेमा अधिकांश अल्पसङ्ख्यक हजारा मुसलमान रहेका छन् ।

पाकिस्तानमा तालिबान र इस्लामिक स्टेट आतंककारी समूहले बेला बेला अल्पसङ्ख्यक हजारा मुस्लिम समुदायलाई लक्षित गरी आक्रमण गर्दै आएका छन् । आजको विष्फोटको जिम्मा भने अहिलेसम्म कसैले लिएको छैन ।