प्रधानमन्त्रीसहित नेकपाका नेता किन पुगे चन्द्रागिरी ?

प्रधानमन्त्रीसहित नेकपाका नेता किन पुगे चन्द्रागिरी ?


बिहीबार साँझ एक्कासि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादलसहित नेकपाका शीर्ष नेताहरु चन्द्रागिरी पुगेका थिए । स्रोतका अनुसार नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा महासचिव विष्णु पौडेललगायतका नेताहरु चन्द्रागिरी पुगेका हुन् ।

उनिहरुले राति अबेरसम्म पार्टी एकताका बाँकी कार्यभार लगायत विषयमा छलफल गरेको बुझिएको छ ।