विश्वकै अनौठो त्रिगजुर शिवालयको प्राण प्रतिष्ठा

विश्वकै अनौठो त्रिगजुर शिवालयको प्राण प्रतिष्ठा


‘इच्छाले नै दुःख निम्त्याउँछ, जब इच्छालाई शून्यतामा झारिन्छ तब मृत्यु पनि सहज भइदिन्छ ।’

‘आफ्नो कमजोरी औँल्याइदिने व्यक्ति नै तिम्रो असल मित्र हो ।’

‘Sampathy का लागि अरूको दुःख, पीडा, अधुरोपन, एक्लोपन या कमजोरीपन देख्दा मात्र प्रेम जागृत भएको हो भने त्यो प्रेम होइन । प्रेम त आत्माआत्माबीचको यस्तो सम्झौता–समर्पण हो, जसमा बाहिरी आवरणप्रति दृष्टि हुँदैन, तसर्थ कस्तो प्रेम गर्छौ, आफैँ मूल्याङ्कन गर्नू ।’

‘Ego ले चुट्कीमा अटुट सम्बन्ध टुट्छ’

‘Try to mix smile in Silence mood you win dimond of happiness.’

यी अमृत वाणी हुन् बालगुरु आदित्यका, मानव जीवन र प्राणी कल्याणका निम्ति गुरु आदित्यबाट बितेका केही वर्षभित्र हजारौँहजार अमृत वाणीको वर्षा भइसकेको छ । पृथ्वीमा अध्यात्म चेतनाको जागरण ल्याउन पैदा भएको बताउनुहुने गुरु आदित्य आफ्नोबारेमा प्रचारप्रसार होस् भन्ने चाहनुहुन्न । तर, आफूले गरेका अध्यात्म कार्य र अध्यात्मिक सन्देश भने जन–जनसम्म पुगोस् भन्ने उहाँको इच्छा रहेको छ ।

यिनै गुरुदेवले आफ्नो आश्रमपरिसरमा विश्वमै कहीँ नभएको त्रिगजुर शिवालयको स्थापना गर्नुभएको छ । गौरीघाटस्थित ओमआदि कुञ्जमा निर्माण भएको त्रिगजुर शिवालयको गत चैत २४ गते आइतबार प्राण प्रतिष्ठा शुभारम्भ गरिएको छ ।

उक्त शिवालयमा शिवलिङ्ग स्थापना गर्दा त्यसको जगमा गुरुदेवले आफ्नो रगतद्वारा लेखिएको दुई सयभन्दा बढी बेदमन्त्र बिछ्याइएको थियो । त्रिगजुर शिवालय विश्वको एक महत्वपूर्ण अध्यात्म केन्द्र बन्ने विश्वास गरिएको छ । चैत २४ गतेदेखि शुरु भएको सप्ताहव्यापी सहस्रकोटी ओम आदिमणि मन्त्र, जप, हवन, ओम नमशिवाय महामन्त्र, अखण्ड जप–हवन, १०८ कुण्डीय गायत्री मन्त्र जप हवन, चार बेद, शिवपुराण, श्रीमद्भागवत, अध्यात्मिक रामायण र महारुद्री चण्डी पाठ परायणपछि चैत ३० गते ब्रह्मज्ञानी गुरु आदित्यको उपनयन (ब्रतबन्ध) गर्नुका साथै त्रिगजुरीय शिवालयको प्राण प्रतिष्ठा सम्पन्न हुनेछ । यो साताभित्र ओमआदि कुञ्जमा सम्पन्न हुने महायज्ञले विश्वशान्तिमा सहयोग पुऱ्याउने विश्वास गरिएको छ ।

गुरु आदित्यका अद्भूत क्रियाकलाप र अमर सन्देशहरू हेर्दा उहाँलाई मानवका रूपमा मात्र ग्रहण गर्न सकिँदैन । उहाँ कसैलाई आफ्नो समीप आउन आग्रह गर्नुहुन्न, तर एकपटक उहाँको दर्शन पाइसकेपछि कोही पनि व्यक्ति उहाँबाट टाढिन सक्दैन । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि बहुचर्चित व्यवसायी उपेन्द्र महतोसम्मले गुरुप्रति जुन स्नेह र सम्मानभाव दर्शाइरहेका छन्, यसले पनि गुरुको शक्ति उजागर गरेको छ ।