‘लेट्स कील दिस लभ’ले तोड्यो ‘गंगनम स्टाइल’को कीर्तिमान

‘लेट्स कील दिस लभ’ले तोड्यो ‘गंगनम स्टाइल’को कीर्तिमान


दक्षिण कोरियाको चर्चित पप ब्यान्ड ‘ब्ल्याक पिङ्क’ले नयाँ कीर्तिमान कायम गरेको छ । सो पप ब्यान्डले विश्वचर्चित ‘गंगनम स्टाइल’ गीतको कीर्तिमान तोडेर नयाँ इतिहास रचेको हो ।

‘गंगनम…’ गीत यूट्युवमा रिलिज भएको केही समयमै सामाजिक सञ्जालमा भाइरल बनेको थियो । रिलिज भएको केहि समयमै लाखौँ दर्शक बनाउन सफल उक्त गीतको डान्स स्टेप सङ्गीतप्रेमी दर्शकहरूले निकै मन पराएका थिए ।

यस्तै, हालै रिलिज भएको पप ब्यान्ड ब्ल्याक पिङ्कको गीतले रिलिज भएको छोटो समयमै यूट्युवमा १० करोड भ्युज पाएको छ । यो ब्यान्डले हालै मात्र ‘लेट्स कील दिस लभ’ बोलको गीत यूट्युबमा अपलोड गरेको थियो । उक्त गीतको बोल अनौठो सुनिनुका साथै मनमोहक नृत्यका कारण यूट्युबमा उत्रिएलगत्तै भाइरल बनेको हो । यस गीतले अहिले पप स्टार साई र आरियाना ग्रान्देको कीर्तिमानसमेत तोडेको छ ।

एक महिला समुहले स्थापना गरेको पप ब्यान्ड ‘ब्ल्याक पीङ्क’ सन् २०१६ सालमा स्थापना भएको हो । यसमा जेनी, रोज र लीसा सदस्य रहेका छन् । आफ्नो स्थापनाकालदेखि नै चर्चामा आएको यो ब्यान्डले आफ्नो पहिलो एल्बम ‘स्क्वायर वन’२०१६ को सेप्टेम्बरमा सार्वजनिक गरेको थियो, जसलाई दक्षिण कोरियामा निकै मन पराइएको थियो । यो ब्यान्डको गीत डुडुडुडु दक्षिण कोरियामा सबैभन्दा धेरै हेरिएको थियो ।