सलमानको नजरमा सन्नीभन्दा मौनी उत्कृष्ट

सलमानको नजरमा सन्नीभन्दा मौनी उत्कृष्ट


बलिउडका चर्चित नायक सलमान खानले पोर्न स्टार सन्नी लियोनीसँग आइटम गीतमा नृत्य गर्न अस्वीकार गरेका छन् । यतिबेला युद्धस्तरमा सुटिङ भइरहेको फिल्म ‘दबंग–३’को एउटा टाइटम गीतको लागि सन्नी लियोनीलाई लिने चर्चा चलेको थियो ।

दबंग–३ का निर्देशक प्रभु देवा र निर्माता अरबाज खानले सन्नीलाई आइटम गीतको लागि लिने निर्णय गरेका थिए । तर, सलमानले सन्नीलाई आइटम गीतमा नराख्ने भएपछि अहिले सन्नी उक्त फिल्मवाट आउट भएकी छिन् ।

अब सलमानको सल्लाहबमोजिम उक्त फिल्मको टाइटम गीतका लागि मौनी रोयलाई लिने निर्णय भएको छ । सलमानले अभिनेत्री मौनीले सन्नीभन्दा राम्रो गर्न सक्ने भन्दै आफ्नो ड्रिम प्रोजेक्टमा मौनीलाई लिन सुझाव दिएका थिए । यसअघि मौनीले चलचित्र ‘केजीएफ’को ‘गली गली’ बोलको गीतमा आइटम नृत्य प्रस्तुत गरिसकेकी छिन् ।