मस्कटमा नेपालीले मनाए वनभोज

मस्कटमा नेपालीले मनाए वनभोज


  • आरके श्रीवास्तव, ओमान

नेपाल तामाङ समाज ओमानले सोनम ल्होछार कार्यक्रम सफल तुल्याउन अर्थिक तथा भौतिक सबै खालको सहयोग जुटाउन सरिक भएकाहरुलाई सहभागी गराएर सम्मान तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । समाजको आयोजनामा ५ अप्रिल शुक्रबारका दिन राजधानी मस्कटस्थित यती बिजमा कार्यक्रम समापन गरेको हो ।

यस अवसरमा ओमानमा रहेका करिब ८० जना भन्दा बढि नेपालीको उपस्थिति रहेको थियो ।

समाजका अध्यक्ष तेजबहादुर तामाङले अगुवाई गरेको सम्मान कार्यक्रमको सञ्चालन समाजका वरिष्ठ उपाध्यक्ष विनोद तामाङले गरेका थिए भने सो अवसरमा विभिन्न व्यत्तित्वलाई सम्मान गरिएको थियो ।

वनभोज तथा सम्मान कार्यक्रम सभ्य र भब्य तरिकाले सम्पन्न भएकोमा नेपाल तामाङ समाज ओमानका अध्यक्ष प्रेम बमजन तमाङले सम्बन्धित सबैप्रति कृतज्ञता प्रकट गरेका छन् ।