सुन्दर देखिन र सुन्ने क्षमता वृद्धि गर्न युवकले काटे दुवै कान

सुन्दर देखिन र सुन्ने क्षमता वृद्धि गर्न युवकले काटे दुवै कान


सुन्दर देखिन बडी मसाज, प्लास्टिक सर्जरी र ट्याटु बनाउनु अहिले महिला तथा पुरुषहरूको लागि सामान्य भइसकेको छ । तर, स्विडेनका एक व्यक्तिले आफू सुन्दर देखिन र केही अलग गर्ने क्रममा आफ्नो दुवै कानको बाहिरी भाग काटेर सनसनी फैलाइदिएका छन् ।

स्विडेनका युवक चाल्स बेन्टले सुन्नेको क्षमता वृद्धि गर्न आफ्नो दुवै कानको बाहिरी भाग काटेको बताएका छन् । अहिले यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कतिपयले उनको यो हर्कतलाई पागलपनको संज्ञा पनि दिएका छन् ।

चाल्सले आफ्नो दुवै कानको बाहिरी भाग काट्न स्विडेनको चर्चित बडी मोडिफिकेसन आर्टिस्टमा सम्पर्क गर्दै कोन्च रिमुभर सर्जरीमार्फत उक्त अप्रेसन गरेका थिए ।