अष्ट्रेलियामा प्रदर्शनको तयारीमा ‘साईंली’

अष्ट्रेलियामा प्रदर्शनको तयारीमा ‘साईंली’


  • राजन घिमिरे, अष्ट्रेलिया

सुन साईंली… साईंली…
परदेशबाट म आउँला
चालीस कटे’सी रमाऔँला….।

विदेशिएका नेपालीहरूको मन छोएको उपरोक्त बोलको गीत अत्यन्त मर्मस्पर्शी छ । हेमन्त रानाले गाएको यो गीत विशेस गरेर धन कमाउंन प्रवासिएका नेपालीहरूको मन–मनको गीत हुन पुग्यो ।

यही गीतको मर्मलाई मूल आधार वा विषयवस्तु बनाएर निर्माण गरिएको चलचित्र ‘साईंली’ले पनि दर्शकहरूको ध्यान खुब खिचेको छ यतिबेला । नेपाल प्रदर्शनमा मन र धन दुवै हात पार्न सफल यो चलचित्र अब अष्ट्रेलियाका विभिन्न शहरमा आउने भएको छ ।

नेपालसँगै प्रवासमा पनि दर्शकहरूको साथ पाएको चलचित्र साईंली अष्ट्रेलियाका विभिन्न सहरमा प्रदर्शन हुने भएको हो ।

रोटेपिङ इन्टरटेनमेन्टले अष्ट्रेलिया भित्र्याएको यो चलचित्र अप्रिल २७ का दिन सिड्नीको हर्सभिलमा रहेको इभेन्ट सिनेमामा प्रदर्शन हुने भएको छ भने मे ४ का दिन सिड्नीको बरउडमा रहेको इभेन्ट सिनेमा र सोही दिन वारिंगामलको ओएट्स सिनेमा हलमा प्रदर्शन हुने भएको छ ।

रामबाबुर गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, गौरव पहारी र मेनका प्रधानलगायत कलाकारहरूको अभिनय रहेको छ । पारिवारिक विषय वस्तुलाई उठान गरिएको यस चलचित्रलाई सिड्नीमा केआईइसी ग्लोबलले प्रस्तुत गरेको हो भने कर्पोरेट पार्टनरका रूपमा एस पिपुल ऐजुकेसन एण्ड भिसा सर्भिसेस र डिएम लिगल रहेका छन् । त्यसैगरी ट्राभल्स पार्टनरमा एभरेष्ट ट्राभल्स एण्ड टुर रहेको छ ।