पाँच करोड ऋण नतिरेर जेल पुगेका राजपाल रिहा

पाँच करोड ऋण नतिरेर जेल पुगेका राजपाल रिहा


ऋण तिर्न नसकेर जेल परेका चर्चित बलिउड अभिनेता तथा हास्य कलाकार राजपाल यादव हालै रिहा भएका छन् । जेलबाट रिहा भएपछि निकै उत्साहित देखिएका यादवले आफ्नो इमानदारी र विश्वासको केही व्यक्तिले दुरुपयोग गरिदिँदा आफूले जेलको सास्ती भोग्नुपरेको खुलासा गरे ।

जेल परेपछि राजपाल बिरामी परेको र उनकोे मृत्यु भएको भन्नेसम्मको हल्ला बलिउडमा चलेको थियो ।

उक्त हल्लाबारे यादवले भने– ‘यो मेरो करिअर सिध्याउन केही व्यक्तिले फैलाएको अफवाह मात्र थियो, हेर्नुहोस् म त सकुशल छु, केही समयपछि फिल्म खेल्नेछु ।’

यादवले थपे– ‘सबैको जिन्दगीमा उतारचढाव आउँछ, मेरो पनि आयो, तर मैले हिम्मत हारेको छैन, म अगाडि बढ्न चाहन्छु ।’

त्यस्तै, देशको कानुन सबैको लागि समान हो, कानुनबाट कोही बच्न सक्तैन भन्दै आफुले अदालतको आदेश निकै अनुशासनका साथ पालना गरेको उनले बताए । जेलमा निकै कडा अनुशासन थियो त्यो सबैले पालना गर्नुपर्थ्यो, मैले पनि गरेँ ।

ज्ञात होस्, सन् २०१८ मा राजपालले एक कम्पनीसँग पाँच करोड ऋण लिएका थिए । फिल्म निर्माणका लागि उनले सो ऋण लिएका थिए । तर, उक्त ऋण समयमा चुक्ता नगरेका कारण दिल्ली हाईकोर्टले यादवलाई जेल सजाय सुनाएको थियो ।