हुण्डरीपीडितलाई एनआरएनए अष्ट्रेलियाको सहयोग

हुण्डरीपीडितलाई एनआरएनए अष्ट्रेलियाको सहयोग


  • राजन घिमिरे, अष्ट्रेलिया

आफ्नो जन्मभूमिमा आपत्त पर्दा वा मूलुकलाई चोट लाग्दा प्रवासमा रहेका नेपालीहरूको पनि मन दुख्ने गर्छ । आ-आफ्नो क्षेत्रबाट सहयोग गरेर मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न प्रवासी नेपालीहरू तम्तयार रहन्छन् ।

यस क्रममा नेपालमा मध्यतराईको बारा र पर्सामा आएको प्राकृतिक प्रकोप (हुरीबतास)ले त्यहाँस्थित मानव जीवनमा निम्त्याएको दुखद परिस्थिति, विपद र समस्याहरुमा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले दुःख प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

संघले संस्थाको आपतकालीन राहत कोषमार्फत गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आह्वान आनुसार अस्ट्रेलियन डलर ३००० आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रवक्ता डिला खरेलले जानकारी दिएका छन् ।

यसैगरी नेपालका तराइ क्षेत्रका नेपालीहरुको प्रतिनिधिमुलक संस्था एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियालाई संस्थाको आपतकालीन राहत कोषमार्फत तराईको बारा र पर्सामा भएको प्राकृतिक प्रकोपमा सहयोग पुग्ने गरि अस्ट्रेलियन डलर १००० आर्थिक सहयोग गर्ने भएको छ भने गैरआवासीय नेपाली संघ अस्ट्रेलियालाई अस्ट्रेलियास्थित थारु सोसाइटी अफ अस्ट्रेलियाको अनुरोधअनुसार नेपाल प्रदेश नम्बर ३ खैरहनी नगरपालिका चितवन स्थायी घर भई हाल साउदी अरबमा ड्राइभरका रुपमा कार्यरत जलेश्वर चौधरीको जीवनरक्षार्थ वर्ल्ड मनी आवश्यक परेकोले संस्थाको आपतकालीन राहत कोषमार्फत अस्ट्रेलियन डलर १००० आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गर्दै नेपाल सरकारको आयोजनामा सम्पन्न हुन लागेको राष्ट्रिय फुटबल खेलमा अस्ट्रेलियाबाट सहभागी हुन जाने नेपाली खेलाडीहरुलाई आवश्यक सहयोग गर्न सम्बन्धित राज्य समिति (एनएसडव्ल्यु, भिक्टोरिया र कुइन्स्ल्याण्ड) अनुरोध समेत गरेको छ ।