गैरआवासीय सोसल क्लबको महाधिवेशन स्थगित

गैरआवासीय सोसल क्लबको महाधिवेशन स्थगित


  • आरके श्रीवास्तव, ओमान

गैरआवासीय नेपाली सोसल क्लब (ओमान)को महाधिवेशन स्थगन गरिएको छ । गत २४ डिसेम्बरमा सार्वजनिक सुचनाअनुसार नेपाली सोसल क्लब ओमानको महाधिवेशन गैरआवासीय सोसल क्लबको आयोजनामा गराउने भनिएको थियो, सो हालका लागि स्थगित गरिएको क्लबले सूचना जारी गरि जनाएको छ ।

महाधिवेशनको अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुसार सबै प्रक्रिया पूरा भइसके तापनि उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएपछि क्लबले महाधिवेशन स्थगन गरेको हो ।

सूचना प्रकाशित भएको तीन महिना लामो अवधिमा ओमानस्थित नेपाली संघ संस्था तथा नेपालीहरूले गैरआवासीय नेपाली सोसल क्लबमा हामी अटाएनौँ, हामीलाई नेपाली सोसल क्लब बनाई आबद्ध गरियोस् भनी माग गरेका थिए ।

सोहीअनुसार नेपाली सोसल क्लबको महाधिवेशन तय गरिएको थियो । तर विनाउमेदवार महाधिवेशन सम्भव नरहेको ठहर गर्दै स्थगित गरिएको क्लबले जनाएको हो । अहिलेको अवस्थामा गैरआवासीय सोसल क्लब यथावत सञ्चालन रही कामकारवाही अगाडि बढाउने जनाइएको छ । गैरआवासीय सोसल क्लवबको महाधिवेशनको मिति अर्को बैठकबाट तय गरिने क्लबका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराएका छन् ।