श्रीनगरमा ग्लोबल आइएमई

श्रीनगरमा ग्लोबल आइएमई


ग्लोबल आइएमई बैंक लिमिटेडले सल्यानको श्रीनगरस्थित आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । श्रीनगर र त्यसवरपरका वासिन्दालाई सेवा पुऱ्याउने उद्देश्यले खोलिएको शाखाको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले औपचारिक उद्घाटन गरेका हुन् । शाखा उद्घाटन गर्दै मन्त्री ज्वालाले श्रीनगर तथा वरपरको क्षेत्रको आर्थिक विकासमा ग्लोबल आईएमई बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास प्रकट गरे ।

कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीनगर, सल्यान शाखा विस्तार गरेर यस क्षेत्रमा संकलन भएको निक्षेप यसै क्षेत्रमा लगानी गरी व्यापार व्यवसाय विस्तार गर्न सहयोग गर्ने र बैकिङ पहुँच नपुगेको स्थानमा समेत बैकिङ पहुँच पुुऱ्याउने बताए । समारोहमा स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।