भाजपाले चुनावमा उताऱ्यो सबैभन्दा युवा उम्मेदवार

भाजपाले चुनावमा उताऱ्यो सबैभन्दा युवा उम्मेदवार


भारतीय जनता पार्टीले १७औँ लोकसभा निर्वाचनमा सवैभन्दा युवा उम्मेदवार एलएस तेजस्वी सूर्यालाई मैदानमा उतारेको छ । २८ वर्षीय तेजस्वीलाई भाजपाले बेंग्लोर दक्षिण लोकसभा सिटबाट मैदानमा उतारेको हो । तेजस्वीले अब कंग्रेसका दिग्गज नेता बीके हरिप्रसादसमक्ष चुनौती पेस गर्नेछन् । तेजस्वी भाजपाका दिवंगत नेता अनन्त कुमारका छोरा हुन् ।

भाजपाका लागि प्रतिष्ठा बनेको यो क्षेत्रमा तेजस्वीले विजय हासिल गरे उनी १७औँ लोकसभामा देशकै सबैभन्दा युवा सांसद बन्नेछन् । वर्तमान अवस्थामा तेजस्वी भाजपाका प्रदेश युवा मोर्चाका महासचिव हुन् । उनी पेसाले वकिल हुन् भने कर्णाटक उच्च अदालतमा कार्य गर्दै आएका छन् ।