एन्फाले दियो मनाङ जिल्ला फुटबल संघलाई सदस्यता

एन्फाले दियो मनाङ जिल्ला फुटबल संघलाई सदस्यता


अखिल नेपाल फुटबल संघ मनाङ जिल्ला फुटबल संघलाइ सदस्यता दिएको छ ।

विराटनगरमा सम्पन्न १८ औं साधारणसभाले मनाङ जिल्ला फुटबल संघलाई सदस्यता प्रदान गरेको हो । ८ बर्षसम्म निरन्तर र अथक प्रयासपछि मनाङ जिल्ला फुटबल संघले एन्फाको सदस्यता पाएको हो ।

जिल्ला फुटबल संघ मनाङलाई एन्फाको सदस्य बनाउन धेरैले मेहेनत गरेका थिए । यस कार्यमा खट्ने संघीय संसद कर्म घले, मनाङ मस्र्याङदी क्लबका भूपू अध्यक्षहरू टासी घले, जाम्लीङ घले, जिम्मी गुरूङ्, एन्फाका अध्यक्ष कर्म छिरिङ शेर्पा, एन्फाका सदस्य बिजय घले लगायतलाई यस अभियानमा सहयोग पु¥याएको भन्दै मनाङका फुटबल प्रेमीले धन्यवाद दिएका छन् ।

मनाङका फुटबलप्रेमी, समाजसेवी, पर्यटन ब्यवसायी विनोद गुरूङले दिएको जानकारी अनुसार एन्फाले दिएको सदस्यता मनाङ जिल्ला फुटबल संघका सचिव दूधबहादुर गुरूङले ग्रहणा गरेका थिए ।