सिलिण्डर पड्किएर चारको मृत्यु

सिलिण्डर पड्किएर चारको मृत्यु


सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा सोमबार चार मजदुरको मृत्यु भएको छ ।

खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आयोजनाका निवर्तमान पदाधिकारी उमेश कसजुले भने सिलिण्डर पडकिँदा मानवीय क्षति भएको खबर प्राप्त भएको जानकारी दिए ।