विप्लवका जिल्ला इञ्चार्जसहित दुई जना नवलपरासीबाट पक्राउ

विप्लवका जिल्ला इञ्चार्जसहित दुई जना नवलपरासीबाट पक्राउ


गएराति विप्लव नेतृत्वको नेकपाका नवलपरासी जिल्ला इञ्चार्जसहित दुई जना पक्राउ परेका छन् । उनिहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले नेकपाका पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनिया र नवलपरासी इञ्चार्ज सुमन ज्ञवालीलाई आफ्नै घरबाटै नियन्त्रणमा लिएको बुझिएको छ । उनिहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय, कावासोती नवलपुरमा राखिएको छ ।
नेकपाका जिल्ला सदस्य मर्दनिया कावासोती– १५ शेरगञ्जका हुन् ।