हिमाली जिल्ला मनाङमा पहिलोपटक बस सेवा

हिमाली जिल्ला मनाङमा पहिलोपटक बस सेवा


हिमालीपारीको जिल्ला मनाङमा पहिलोपटक बस सेवा संचालनमा आएको छ । मनाङमा लमजुङ सदरमुकाम बेसीशहरबाट सिधा बस सेवा शुरु भएको हो ।

आइतबार लमजुङबाट यात्रु र सामान लिएर बस मनाङ आएको स्थानीय थुतेन लामाले बताए । नेपाली सेनाले ६५ किलोमिटर लामो बेसीशहर–चामे सडक संचालनमा ल्याएसँगै यहाँका स्थानीयलाई जीपले सेवा दिदैं आएको थियो ।

विगतको तुलनामा सडक राम्रो भएकोले बस संचालन भएको लामाको भनाई छ । बस सेवा शुरु भएसँगै मनाङका स्थानीय खुसी भएका छन् ।