माध्यामिक तहका ५ विषयको नतिजा सार्वजनिक (नतिजासहित)

माध्यामिक तहका ५ विषयको नतिजा सार्वजनिक (नतिजासहित)


शिक्षक सेवा आयोगले विभिन्न मितिमा लिएकोे ५ विषयको परीक्षाको अन्तिम नतिजा आइतबार सार्वजनिक गरेको छ । आयोगले माध्यमिक तहका अस्थायी शिक्षकलाई स्थायी गर्न परीक्षा लिएको थियो ।

आयोगका अनुसार माध्यमिक तहका संस्कृत, कार्यसञ्चालन तथा लेखा, अर्थशास्त्र, सामाजिक र कम्प्युटर विषयको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

यसअघि सरकारले अस्थायी शिक्षकसँग गरेको सहमतिका आधारमा गत असारमा लिखित र फागुनमा मौखिक परीक्षा सञ्चालन भएको थियो । यसअघि आयोगले प्राथमिक र निम्न माद्यमिक तहको नतिजा सार्वजनिक गरिसकेको छ भने अब अंग्रेजीलगायत विषयका नतिजा आउन बाँकी छ ।

सामाजिक विषयको नतिजा हेर्नुहोस् :
[gview file=”https://www.ghatanarabichar.com/wp-content/uploads/2019/03/Nirnaya-Social-075-12-10.pdf”]