मन्त्रीबाट ‘रियलस्टेट कार्यालय’ उद्घाटन

मन्त्रीबाट ‘रियलस्टेट कार्यालय’ उद्घाटन


नेपालका विभिन्न स्थानमा आफ्नो कार्यालय भएको समृद्धि रियलस्टेट अब पोखरामा पनि सञ्चालनमा आउको छ । पोखराको रत्नचोकनजिकैको शाखा कार्यालय गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उदघाटन गरेका छन् ।

काठमाडौंका साथै बनेपा, थानकोट, इटहरी, बिर्तामोड, बुटवलमा आफ्नो शाखा बिस्तार गरिसकेको समृद्धि रियलस्टेटले पोखरामा भने आफ्नो पहिला शाखा सञ्चालनमा ल्याएको हो । पछिल्लो समयमा घरजग्गा खरिद–बिक्री देखिएको मनपरीलाई ब्यवस्थित बनाउनको लागि कम्पनी बिस्तार गरिएको पोखरा शाखाका अध्यक्ष गंगाधर पौडेलले जानकारी दिए ।

खरिद–बिक्री स्वभाविक हो, अर्थात मानिसलाई आवश्यक पर्ने घरजग्गा खरिद वा बिक्री भइरहेकै हुन्छन, तर यो क्षेत्रमा अलि बिक्री पनि छ । मूल्यमा एकरुपता वा अस्वभाविक मुल्यमा खरिद वा बिक्री गर्ने परिपाटीलाई अन्त्य गर्न कम्पनीलाई ब्यवस्थित तरिकाले सञ्चालन गर्ने उनले सो अवसरमा जानकारी दिए ।

उदघाटन कार्यक्रममा आर्थिक मामिलामन्त्री किरण गुरुङले ब्यवशायलाई मर्यादित बनाउन आवश्यक रहेको बताए । रियलस्टेट ब्यवसायलाई करको दायरमा ल्याएर थप जिम्मेवार बनाउने गरी काम गर्न कम्पनीलाई उनले आग्रह गरे । सरकारले जग्गाको वर्र्गीकरण गर्न सुरु गरेको र अब सोहीअनुसार घरजग्गाको विस्तार हुने उनको भनाई थियो । खेतीयोग्य जमिन जोगाउन यो ब्यवसायमा लागेको ब्याक्तिहरू नै बढी जिम्मेबार हुन मन्त्रीले आग्रह गरेका थिए । सीमित फाइदाको लागि खेतियोग्य जमिन नमास्न उनले अनुरोध गरेका थिए । साथै समृद्धि रियलस्टेटले पोखरामा दुईदिने रियलस्टेट तालिम पनि दिएको थियो । तालिममा १४० जनाको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।