आफ्नै शरीरमा आगो लगाउने मुखियाको उपचारका क्रममा मृत्यु

आफ्नै शरीरमा आगो लगाउने मुखियाको उपचारका क्रममा मृत्यु


शनिबार दिउँसो घरमा कोही नभएको बेला शरीरभरि कपडा बेरेर मट्टीतेल छर्की आफैँले आगो लगाएका ६० वर्षीय सूर्यदेव मुखियाको मृत्यु भएको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुरका मुखियाको गए राति उपचारको क्रममा मृत्यु भएको हो । आफ्नै शरीरमा आगो लगाएर घाइते भएका उनलाई परिवारले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

उनले आफ्नै शरीरमा आगो लगाउनुको कारणबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।