तेस्रो नजर

तेस्रो नजर


pathakmanchनमुना जनमतमा हिन्दूराष्ट्रको चाहना
नेपाललाई हिन्दूराष्ट्र राख्ने या धर्मनिरपेक्ष बनाउने भन्नेबारे जनताको धारणा बुझ्न हिन्दूराष्ट्र संरक्षण सङ्घर्ष समिति नामक संस्थाले हालै कैलालीमा नमुना जनमतसङ्ग्रहको आयोजना गरिएको छ । संविधानसभाको मस्यौदा समितिले तय गरेको प्रारम्भिक मस्यौदामाथि जनतासामु छलफलमा लैजाँदा देशभरबाट नेपाललाई हिन्दूराष्ट्र बनाइनुपर्ने आवाज उठेको सन्दर्भमा उक्त सङ्गठनले यही मुद्दामा धारणा बुझ्न नमुना जनमतसङ्ग्रह गरेको हो । सहभागीलाई मतपत्रमा हिन्दूराष्ट्र या धर्मनिरपेक्ष राष्ट्र के रोज्ने भन्नेबारेमा विकल्प रोज्न लगाइएको थियो । सो क्रममा अधिकांश सहभागीले हिन्दूराष्ट्रको पक्षमा मतदान गरेको सङ्घर्ष समितिका क्षेत्रीय संयोजक हरि रेग्मीले जानकारी दिए । गत शनिबार दिउँसो दुई घन्टा धनगढीको एलएन चोकमा गरिएको जनमतसङ्ग्रहमा चार हजार ७८ जनाले स्वतस्फुर्त रूपमा मतदान गरेकोमा हिन्दूराष्ट्रको पक्षमा चार हजार २९ र धर्मनिरपेक्षताको पक्षमा २३ र २६ मत बदर भएको उनले बताए । मतदानमा युवादेखि बूढापाकासम्मका सबै वर्ग र क्षेत्रका समुदायको सहभागिता रहेको दाबी पनि गरिएको छ ।
– मोहित अधिकारी

सङ्घीयताले मेटाउँछ अस्तित्व
नेपाल दुई शक्तिशाली मुलुकको बीचमा छ । भोलि सङ्घीयतमा गएपछि टुक्रन पाउने अधिकारको माग अवश्य हुनेछ । त्यतिबेला छिमेकका दुई मुलुकले नेपालमा अर्को विद्रोहका लागि मधेसी या जनजातिलाई उचाल्नेछन्, अनि रक्तपात हुनेछ । अहिले नै हेरौँ न, के–के माग भइरहेको छ ? अनि कसरी सम्भव हुन्छ सङ्घीयता ? मेरो विचारमा सङ्घीयता छोडी स्थानीय स्वशासनसहितको शासित केन्द्रबाट संविधान बनाउनुपर्छ, तब यो दिगो हुन्छ । अन्यथा लेखेर राख्दा हुन्छ– नेपाल भन्ने देशै रहनेछैन, संविधान निर्माणको सन्दर्भमा यही छ म एक नेपाली नगरिकको मेरो सुझाव ।
– खगेन्द्र्र रेग्मी