संघीय संसदको हिउँदे अधिवेशन आज सकिँदै

संघीय संसदको हिउँदे अधिवेशन आज सकिँदै


संघीय संसदको हिउँदे अधिवेशन आइतबारबाट अन्त्य हुने भएको छ । आइतबार (आज) संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक बसेपछि चालू हिउँदे अधिवेशन अन्त्य हुने भएको हो ।

आजको राष्ट्रिय सभाको बैठकमा विभिन्न विधेयक पारित गर्ने कार्यसूची छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्राप्त विज्ञापन नियमन गर्ने विधेयक पारितका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भूउपयोग विधेयक पारितका लागि पेस गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभाका लागि बिजनेस सकिएकाले सभामुख कृष्णमहराले संसदको हिउँदे अधिवेशन अन्त्य गर्नेबारे सरकारलाई जानकारी गराउने सम्भावना छ ।