पुनः जनमतसङ्ग्रहको माग गर्दै लण्डनमा ब्रेक्जिट विरोधीद्वारा प्रदर्शन

पुनः जनमतसङ्ग्रहको माग गर्दै लण्डनमा ब्रेक्जिट विरोधीद्वारा प्रदर्शन


ब्रेक्जिटबारे अन्योल कायम रहेका समय संयुक्त अधिराज्य (बेलायत)मा यूरोपियन यूनियनबाट बेलायत बाहिरिनु हुन्न भन्ने समूहद्वारा ब्रेक्जिट विषयमा अर्को जनमत सङ्ग्रहको माग गर्दै भव्य प्रदर्शन गरेका छन् ।

इयूबाट बेलायतको बहिर्गमन हुनुहुन्न भन्ने पक्षका ठूलो समूहमा राजधानी पुगेका समर्थक लण्डनको हाइड पार्कमा जम्मा भई मध्य लण्डन हुँदै शहरका विभिन्न स्थानमा पुगेका थिए ।

उनीहरूले ब्रेक्जिटको विषयले राजनीतिक अन्येलता हुँदा यसको प्रभाव सम्पूर्ण क्षेत्रमा देखिन थालेको दाबीसहित सहभागीहरूले यस विषयमा पुनः जनमतसङ्ग्रहको माग गरेका एएफपीले जनाएको छ।

प्रदर्शनपछि बेलायती संसदको बाहिरी क्षेत्रमा जम्मा हुने जनमासलाई स्कटल्याण्डका प्रथम मन्त्री निकोला स्टर्जियन, लण्डनका नगर प्रमुख सादिक खान र प्रतिपक्षी लेबर पार्टीका उपनेता टम वाटसनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ब्रेक्जिटको विपक्षमा भएको बृहद् जनप्रदर्शनको पूर्वसन्ध्यामा पछिल्लो राजनीतिक अन्येलबारेको प्रतिक्रियामा ब्रेक्जिट पूर्णतया भद्रगोलको अवस्थामा पुगेको बताइएको छ । त्यसैले आफूहरूले यसबारे नयाँ निर्णय लिन जनदबाब सिर्जना गरिँदैछ ।

बेलायतको राजधानी लण्डनमा केही दशकयताकै ठूलो भनिएको प्रदर्शन बेलायतलाई इयूबाट छुट्याउने विषयमा पुनः विचारका लागि जनतामा जान दबाब दिन आयोजना गरिएको हुँदा यसको प्रभावबारे निकै चासो प्रकट भएको छ ।