नेपाल फेरि निराश

नेपाल फेरि निराश


पाँचौँ महिला साफ फुटबलको उपाधि भारतले उचालेको छ । आज विराटनगरस्थित शहीद रंगशालामा भएको फाइनल खेलमा भारतले नेपाललाई ३–१ ले पराजित गर्दैै विजयी बनेको हो ।

भारत आज भएको खेलमा जित हासिल गरेसँगै अहिलेसम्म भएका महिला साफका पाँचवटै संस्करणमा उपाधि चुम्न सफल भएको छ । नेपालले आजसमेत चारपटक उपाधिका लागि फाइनलमा भिडन्त गरे पनि सो सफलता प्राप्त गर्न सकेन । अझ रोचक पक्ष त नेपाल चारवटै उपाधि भिडन्तमा भारतसँगै निराश हुनुपरेको छ ।