गरिमा विकास बैंकको कुमारीपाटीमा नयाँ शाखा

गरिमा विकास बैंकको कुमारीपाटीमा नयाँ शाखा


गरिमा विकास बैंक लिमिटेडले कुमारीपाटीमा आफ्नो ललितपुर शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले विहिबार (चैत ७) उद्घाटन गरेका हुन् ।

लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ७२ शाखा र १७ वटा एटीएम सञ्चालनमा छन् । सो विकास बैंकले छिट्टै नै पर्साको वीरगंज, चितवनको मिलनचोक, दाङको तुल्सीपुर र कास्कीको हेम्जामा समेत शाखा कार्यालय खोल्ने जनाइएको छ ।

गरिमाले आर्थिक बर्ष २०७५ चैत्र ६ सम्म २८ अर्ब ७५ करोड निक्षेप संकलन गरी २५ अर्ब १५ करोड कर्जा लगानी गरेको बैंकले जनाएको छ ।