पूर्वक्रिकेटर गौतम गम्भीर भाजपामा प्रवेश, दिल्लीबाट चुनाव लड्ने तयारी

पूर्वक्रिकेटर गौतम गम्भीर भाजपामा प्रवेश, दिल्लीबाट चुनाव लड्ने तयारी


भारतीय टिमका पूर्वक्रिकेटर गौतम गम्भीर भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । उनी भाजपाका वरिष्ठ नेता अरुण जेट्ली र रविशंकर प्रसादको उपस्थितिमा पार्टी प्रवेश गरेका हुन् ।

‘प्रधानमन्त्री नरेन्द्र मोदीको ‘भिजन’बाट प्रभावित भएर म पार्टी प्रवेश गरेको हुँ,’ पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘भाजपाको सदस्य बन्न पाउँदा आफूलाई गर्व लागेको छ ।’

आसन्न लोकसभा निर्वाचनमा उनले संघीय राजधानी नयाँदिल्लीका सातमध्ये एक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी पनि गरिरहेका छन् ।

क्रिकेटबाट सन्न्यास लिएपछि उनी सोही क्षेत्रको कमेन्टेटर वा क्रिकेट कोचका रूपमा देखिन सक्ने धेरैको अनुमानविपरीत उनी राजनीतिमा प्रवेश गरेका छन् । उनले भारतका लागि ५८ टेस्ट, १४७ वान डे र ३७ टि–२० क्रिकेट खेलेका छन् ।