भारत कुम्भमेलामा पाँच सय गाडीको ऱ्यालीसहितको विश्वरेकर्ड

भारत कुम्भमेलामा पाँच सय गाडीको ऱ्यालीसहितको विश्वरेकर्ड


भारतमा कुम्भ मेला विशेष गाडीको लामो ऱ्याली निकालेर विश्वरेकर्ड कायम गरिएको छ ।

कुम्भ मेला विशेष ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरूले बिहीबार जनाएका छन् ।

यसअघि यसैगरी सबैभन्दा धेरै अर्थात् ३९० बस लगातार सँगै गुडाएर अबुधाबीमा विश्वरेकर्ड कायम गरिएको थियो ।

भारतको उत्तर प्रदेश सडक यातायात कर्पोरेसन (यूपीएसआरटीसी)ले ती बसहरूलाई ३.२ किलोमिटर सम्म गुडाएको बताइएको छ ।

यूपीएसआरटीसीले सबै राज्यका १८ वटै क्षेत्रलाई जनशक्तिसहित गाडी पठाउन फेब्रुअरी २७ मा निर्देशन दिएको थियो ।