गण्डकी मेडिकल कलेजको विवादले शिक्षामन्त्री बिरामी

गण्डकी मेडिकल कलेजको विवादले शिक्षामन्त्री बिरामी


स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन् । उनी बिहीबार अपराह्नदेखि नै पाटन अस्पतालमा भर्ना भएका हुन् ।

गण्डकी मेडिकल कलेजको विवाद सम्बन्धी छलफल सकेलगत्तै उनी स्वास्थ्य जाँचका लागि भरोसा अस्पताल गएका थिए । सुगरको औषधि सेवन गर्दै आएका थिए । तर पछिल्लो तीन÷चार दिनदेखि फुड प्वाइजनको समस्या देखिएपछि उनि स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका हुन् ।

चिकित्सकको सल्लाहअनुसार उनि पाटन अस्पतालमा भर्ना भएका हुन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ ।