चालु आर्थिक वर्षको सात महिनामा ८ खर्बको व्यापार घाटा

चालु आर्थिक वर्षको सात महिनामा ८ खर्बको व्यापार घाटा


नेपालमा हरेक बर्ष बाह्य मुलुकसँगको व्यापार घाटा बढ्दै गएको छ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा मात्रै त्यस्तो व्यापार घाटा ७ खर्ब ८० अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कलाई हेर्ने हो भने कुल वस्तु व्यापार घाटा २७ दशमलव १ प्रतिशतले बढेको छ । माघसम्ममा कुल वस्तु निर्यात ५३ अर्ब ८ कारेड रुपैयाँ छ भने आयात ८ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ छ ।

नेपालबाट निर्यात हुने वस्तुहरुमा पोलिष्टरयार्न, जस्तापाता, दलहन, जडीबुटी, उनीगलैंचा तथा जुटका सामानहरु, अलैंची, पश्मिना, छाला लगायतका बस्तु छन् ।

नेपालबाट भारत र चीनमा सबैभन्दा बढी निर्यात भएको देखिन्छ । त्यस्तै पेट्रोलियम पदार्थ, हवाइजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, मेशिनरी सामाग्री, सवारी साधन, खाद्य सामाग्री लगायतका सामानहरु सबैभन्दा बढी आयात भएको राष्ट्र बैंकले जनाएको छ ।