आजको पञ्चाङ्ग एवम् राशिफल (८ चैत २०७५ शुक्रबार, २२ मार्च २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ चैत २०७५ शुक्रबार, २२ मार्च २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ वसन्त ऋतु बि.सं. २०७५ चैत ८ गते तद्अनुसार सन् २०१९ मार्च २२ तारिख शुक्रबार, चैत्र कृष्णपक्ष द्वितीया तिथि हस्ता नक्षत्र १३ः८ पर चित्रा नक्षत्र वृद्धि योग ६ः५९ पर ध्रुव योग तैतिल करण १६ः३२ पर वणि करण आनन्दादिमा अमृत योग चन्द्रमा कन्या राशिमा काठमाडौंमा सूर्योदय विहान ६ः०८ मा भयो र सूर्यास्त साँझ १८ः१५ मा हुनेछ । विश्व पानी दिवस । शुभ योग अभिजित ११ः४५ देखि १२ः१५, अशुभ योग राहुकाल १०ः३८ देखि १२ः०९, दिशा शूल–पश्चिम ।

आजको राशिफल :

मेष राशि – दिन शुभ र भाग्योदयकारी सिद्ध होला । आरोग्यता र प्रसन्नता बढ्नेछ । सुखशान्तिमा वृद्धि हुनेछ । विलासमा पनि आकर्षण बढ्ला । राजकाजमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री प्राप्त होला ।

बृष राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्तति सुख धन यश इष्टमित्र बढ्ला । परहितमा रूचि बढ्ला । ख्याति फैलिनेछ । सुख शान्ति ऐश्वर्य बढ्ला ।

मिथुन राशि – भागदौडमा बृद्धि हुनेछ । शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित हुनेछ । विवाद आदिदेखि सचेत भई अरुको भर नपरी आफ्नै बल–विवेकले काम गर्नु हितकर रहला । ऐनकानूनलाई ध्यानमा राखेर काम गर्नुपर्नेछ । व्यापारमा सफलता मिल्नेछ तर लापर्वाही नहोस् भनेर सचेत रहनुपर्नेछ । सुखको वस्तु नगुमोस् भनेर सचेत रहनुपर्नेछ ।

कर्कट राशि – कर्मयोगी रहनुहुनेछ । यश वर्चश्वमा वृद्धि हुनेछ । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । आँट उत्साह बढ्ला । प्रयासरत काम बन्नेछ । रसरागमा रुचि बढ्ला । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । आरोग्यता वृद्धि होला ।

सिंह राशि – मान महत्व पुरस्कार मिल्नेछ । यात्रा होला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तको सहयोग मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ । पारिवारिक सुख–शान्ति बढ्नेछ ।

कन्या राशि – कर्मपथमा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । सुख–शान्ति समृद्धि बढ्नेछ । कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

तुला राशि – धनको आवागमन भैरहनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । सुख समृद्धि मान पुरस्कार आदिमा विघ्नबाधाको डर रहला । मिठो भोजन खान पाउनुहुनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।

वृश्चिक राशि – आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्ला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । साथीभाइको साथ भेट्ला ।

धनु राशि – कर्म पथमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । राजकाजमा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । धन मान महत्व बढ्ला । रसराग गीत–संगीतमा आकर्षण बढ्नेछ । सुख सन्तति बढ्नेछन् ।

मकर राशि – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मनोकुलको काम बन्ला । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । उन्नति–पदोन्नति होला । सुख शान्ति बढ्नेछ । धर्मकर्ममा रुचि बढ्ला । मान सम्मान प्राप्त होला । पारिवारिक क्षेत्रमा शुभता बढ्ला । आफन्तको साथ मिल्नेछ । रोकिएको काम बन्नेछ ।

कुम्भ राशि – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु अनुकुल रहनेछ । हासविलासमा आकर्षण रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनु पर्नेछ ।

मीन राशि – आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । गौरवमा बढोत्तरी हुनेछ । लगानी उठ्नेछ । अन्नधन बढ्ला । सुख शान्ति मान महत्व बढ्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हासविलासमा आकर्षण बढ्ला ।