आईएमई टेनिस वैशाख पहिलो साता

आईएमई टेनिस वैशाख पहिलो साता


आईएमई फाउन्डेसनको आयोजनामा दोस्रो आईएमई जेटीआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता वैशाख पहिलो साता हुने भएको छ । प्रतियोगिता वैशाख २ गतेदेखि ७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको टेनिस कोर्टमा हुने आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका सदस्य राजु पौडेलले जानकारी गराए ।

प्रतियोगितामा विभिन्न ५ उमेर समूहको सिंगल्स स्पर्धामा करिब १ सय ५० खेलाडीको सहभागिता रहनेछ । यू–८, यू–९, यू–१०, यू–१२ र यू–१४ छात्र, छात्रा सिंगल्स गरी १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नगद र गिफ्ट ह्याम्पर गरी ३ लाख २६ हजार पुरस्कार रहेको छ ।

त्यसमा नगद पुरस्कार २ लाख ७२ हजार रुपैयाँ रहेको छ । छात्र, छात्राको यू–८, यू–९ र यू–१० विजेताले १२ हजार र उपविजेताले ६ हजारका दरले नगद पुरस्कार हात पाने छन् । छात्र, छात्राको यू–१२ मा पहिलो हुनेले २० हजार तथा दोस्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । छात्र, छात्रातर्फ विजेतालाई ३६ हजार र उपविजेतालाई १८ हजार नगदबाट पुरस्कृत गरिनेछ ।

सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै टेनिस खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सदस्य पौडेलले बताए ।