आजको पञ्चाङ्ग एवम् राशिफल (७ चैत २०७५ विहीबार, २१ मार्च २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ चैत २०७५ विहीबार, २१ मार्च २०१९)


– अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग:

श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सँ. ११३९ वसन्त ऋतु वि.सँ.२०७५चैत ७ गते विहीबार तद्अनुसार सन् २०१९ मार्च २१ तारिख फाल्गुन शुक्लपक्ष पूर्णिमा तिथि ७ः३२ पर चैत्र कृष्णपक्ष प्रतिपदा तिथि उत्तराफाल्गुनी नक्षत्र १४ः२४ पर हस्ता नक्षत्र गण्ड योग ९ः४८ पर वृद्धि योग बालब करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा कन्या राशिमा काठमाडौंंमा सूर्योदय विहान ६ः१० मा भयो र सूर्यास्त साँझ १८ः१५मा हुनेछ । फागुपूर्णिमा, होलिपुन्हि, तराईमा होली, वसन्तादिस्तैलाभ्यङ्गम, चूतपुष्पप्राशनम्, नाला मत्स्येन्द्रनाथस्नानम्, गणगौर पूजारम्भ, जातीय उत्पिडनविरुद्ध दिवस । शुभ योग अभिजित–११ः४५ देखि १२ः३४ । अशुभ योग राहु काल–१३ः४० देखि १५ः११ दशा शूल दक्षिण ।

आजको राशिफल :

मेष राशि – दिन शुभ फलदायक रहला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ र व्यर्थको खर्चप्रति पनि नियन्त्रण आउनेछ । महत्वपूर्ण कार्यमा ध्यान केन्द्रित होला । आशा उत्साह बढ्नेछ । सुख समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । ऐश्वर्य वृद्धि होला ।

बृष राशि – मान पुरस्कार मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । आमोदप्रमोदमा रुचि बढ्ला । विकासको बाटो खुल्नेछ । नयाँ जोश जाँगर बढेर आउनेछ । आँट उत्साह बढ्नेछ । नियमित काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा रुचि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तति सुख बढ्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ ।

मिथुन राशि – खेलकुद भ्रमणमा रुचि बढ्ला । धन यश मान सुख समृद्धि बढ्नेछ । साहसिक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाब बलियो बन्ला । आरोग्यता बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार पाउनुहुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ । गौरव वृद्धि होला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ, तर विवाद आदिमा नपरी आफ्नै बल विवेकले काम गर्नु हितकर रहनेछ ।

कर्कट राशि – आँट उत्साह बढ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आयात निर्यात यात्रा आदिसित सम्बन्धित काम बन्नेछ । साथीभाइको साथ मिल्नेछ ।

सिंह राशि – आय बढ्नेछ । मिठो भोजन मिल्नेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । सन्तति सुख बढ्नेछ । लगानी उठ्ला । मान पुरस्कार मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक कार्यमा प्रवृत्ति त बढ्ला, तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन ।

कन्या राशि – समय लाभदायक र उन्नतिकारक रहनेछ । सुख आनन्द बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । उन्नति पदोन्नति हुनेछ । आफन्तको सहयोग मिल्नेछ । यश वर्चश्व बढ्ला । आँट उत्साहमा कमी आउने छैन साथै विकासको सम्भावना पनि देखापर्नेछ । केही बढी प्रयास र परिश्रम गर्नु पर्ला तर लागिरहेमा अवश्यमेव सफल हुनुहुनेछ । राजकीय कार्य बन्नेछ । हाकिमको सहयोग प्राप्त हुनेछ ।

तुला राशि – रसरागमा आकर्षण बढ्ला । लगानी बढ्ला । विलासको वस्तु किन्न सफल हुनुहुनेछ । मान महत्व बढ्नेछ । कार्य क्षेत्रमा उन्नति–पदोन्नति हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति बढ्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । दायित्व पूरा गर्नुसँगै नयाँ दायित्वको पनि प्राप्त होला । पारिवारिक पक्षसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ ।

वृश्चिक राशि – आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । विवाद आदिप्रति सचेत भई अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान पुरस्कार मिल्नेछ । अन्न आनन्द बढ्नेछ ।

धनु राशि – राजकीय काम बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । सुख शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । धन सम्पत्ति बढ्नेछ ।

मकर राशि – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । धर्मकर्मसितको काममा सफलता मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । रसराग भोगविलासमा रुचि बढ्ला । लगानी बढ्नेछ । घुमफिर गर्नु हुनेछ । यात्रामा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ राशि – आरोग्यताप्रति ध्यान राख्नु पर्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्तिप्रति पनि सचेत रहनु पर्ला । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ ।

मीन राशि – नियमित काममा सफलता मिल्नेछ तर बढी प्रयास र परिश्रम गर्नुपर्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै हासविलासमा आकर्षण बढ्नेछ । सुख आनन्दक बढ्नेछ । बोली र व्यवहारमा नियन्त्रण राख्नु उचित हुनेछ । मितमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ । यात्रामा सफलता मिल्ला । भ्रमण होला । खर्च पनि होला । आफ्नै बल विवेकले काम गर्नु हितकर हुनेछ ।