नक्कली नोट बनाएर ठगी गर्ने पक्राउ

नक्कली नोट बनाएर ठगी गर्ने पक्राउ


काठमाडौंको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा म्याग्दी बखरबोट बस्ने वर्ष ५२ का भीमबहादुर मल्ल र ओखलढुंगा दियालो घर भई हाल भक्तपुर बस्ने मानबहादुर सुवेदी रहेको परिसरले जानकारी दिएको छ । उनीहरूले रु. एक हजार दरका सक्कली नोटलाई रसायन प्रयोग गरी नक्कली नोट बनाएर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरूबाट १२ बन्डल नक्कली नोटजस्तो देखिने कागजको बन्डल सात बट्टा, विभिन्न रसायन, नोट बनाउन प्रयोग गर्ने कैँची बरामद गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।