एकता र सद्भाव अक्षुण्ण राख्न सघाउ पुगोस् : राष्ट्रपति

एकता र सद्भाव अक्षुण्ण राख्न सघाउ पुगोस् : राष्ट्रपति


राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली) पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गर्नुभएको छ ।

आज फागु पूर्णिमा (होली)का अवसरमा राष्ट्रपति भण्डारीले जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै यस पर्वले सबैमा नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा नेपालको मौलिक पहिचान स्थापित गराउँदै राष्ट्रपतिले सांस्कृतिक पर्यटनमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्न टेवा पुग्ने बताउनु भएको छ । होलीजस्ता पर्वले अमूल्य संस्कृतिहरूको संरक्षण र प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्न सबैमा आग्रहसमेत उहाँले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।

सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा खुशी र हर्षोल्लासपूर्वक रङ्गमा रमाएर होली पर्व मनाउने प्रचलन रहेको सन्देशमा उल्लेख गरिएको छ । होली पर्व यही बुधबार र बिहीबार नेपालभर मनाइँदैछ ।

rss