उच्चस्तरीय नेतृत्व र व्यवस्थापन तालिममा २५ महासेनानी

उच्चस्तरीय नेतृत्व र व्यवस्थापन तालिममा २५ महासेनानी


नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा छैठौँ समूहको उच्चस्तरीय नेतृत्व र व्यवस्थापन (हाईयर कमाण्ड एण्ड म्यानेजमेन्ट) तालिम आज (मंगलबार)देखि शुरु भएको छ ।

बलाधिकृत रथी हेमन्तराज कुँवरले उक्त तालीमको शुभारम्भ गर्दै नेपाली सेनाको विभिन्न तहमा मात्र नभई बहुराष्ट्रिय वातावरणमा समेत कमाण्ड तथा स्टाफ नियुक्तिमा रहेर काम गर्नलाई यसले सहज बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको सुरक्षा चुनौतीको विश्लेषण तथा उच्च सैनिक संस्कार र मान्यता विकास लागि तालीम फलदायी हुनेछ ।’

विषम परिस्थितिको मुल्याङ्कन गरी जटिल अवस्थामासमेत प्रभावकारी निर्णय हासिल गर्न सक्षम बनाउन योगदान दिने सक्ने विश्वास गरिएको उक्त तालीममा २५ जना महासेनानी सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।