आईपीएलको १२औँ संस्करणको खेल–तालिका सार्वजनिक

आईपीएलको १२औँ संस्करणको खेल–तालिका सार्वजनिक


इन्डियन प्रिमियर लिग (आईपीएल) को १२औँ संस्करणमा हुने सबै खेलको समय–तालिका सार्वजनिक गरिएको छ । २३ मार्चदेखि शुभारभ्भ हुने आईपीएलको यतिबेला दुई साताको खेल–तालिका सार्वजनिक गरिएको हो । भारतमा हुन गइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै केही समय पहिले शुरु हुन लागेको आईपीएलमा पहिलो दुई सातामा १७ वटा खेल हुनेछन् ।

आईपीएल २०१९ को पहिलो भिडन्त डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किङ र रोयल च्यालेन्ज बेंग्लोरबीच हुनेछ । त्यस्तै, तालिकाअनुसार आईपीएलको अन्तिम अर्थात् ५६औँ खेल मुम्बई इन्डियन र कोलकोताबीच हुनेछ ।

१२औँ संस्करणका आईपीएलका सम्पूर्ण खेल भारतमै आयोजना हुने बीसीसीआईले जनाएको छ । केन्द्र्र, राज्य र एजेन्सीसँग छलफल गरेर यो निर्णय गरेको बीसीसीआई जनाएको छ ।

आइपीएलको आयोजनाको समयमा भारतमा लोकसभाको निर्वाचन परेकोले यसपटक भारत बाहिर आईपीएलको आयोजना हुने अनुमान गरिएको थियो । त्यसको लागि दुबई, दक्षिण अफ्रिका र इंग्ल्यान्डमध्ये एकलाई रोज्न सकिने अनुमान लगाइएको थियो ।