अन्तर्राष्ट्रिय सेमिनारमा तेक्वान्दोको निर्णायक टोली

अन्तर्राष्ट्रिय सेमिनारमा तेक्वान्दोको निर्णायक टोली


ट्युनिसियामा हुने तेक्वान्दोको अन्तर्राष्ट्रिय ग्योरोगी, पुम्से तथा पारा रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्समा नेपालबाट तीनजना सहभागी हुने भएका छन् ।

मार्च १८ देखि २८ तारिखसम्म हुने उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का, नन्द विष्ट र तिलक लामाले सहभागिता जनाउने छन् । अशोकले ग्योरोगीको रिफ्रेसर कोर्स तथा पारा सेमिनारमा सहभागिता जनाउनेछन् । नन्द र तिलक दुवैले ग्योरोगी सेमिनारमा भाग लिनेछन् । उनीहरू चैत ६ गते बुधबार ट्युनिसिया जाँदै छन् ।

अशोकलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा र महासचिव दीपराज गुरुङले सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे । तिलक लालबन्दी तथा नन्द बाग्लुङबाट काठमाडौं आइपुग्ने बताइएको छ ।

उक्त कार्यक्रमपछि अशोक भने जर्मनको ह्याम्बर्ग जानेछन् । मार्च २९ देखि ३१ तारिखसम्म हुने जर्मन ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अशोक ह्याम्बर्ग जान लागेका हुन् ।