स्पेसल ओलम्पिकमा सटफुटतर्फ अजयलाई स्वर्ण

स्पेसल ओलम्पिकमा सटफुटतर्फ अजयलाई स्वर्ण


संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी स्पेसल ओलम्पिक वल्र्ड समर गेम्समा नेपालका अजय तामाङले स्वर्ण जितेका छन् । चैत ४ गते सम्पन्न खेलमा पुरुष सटफुटतर्फ अजयले स्वर्ण जितेको स्पेसल ओलम्पिक नेपालले जनाएको छ ।

त्यस्तै, सोही समूहको सटफुटमा नेपालका सागर शेरचनले कांस्य पदक जितेका छन् ।