मनाङमा हिउँको पर्खाल ! (तस्बिरसहित)

मनाङमा हिउँको पर्खाल ! (तस्बिरसहित)


यसअघि हिमाली जिल्ला मनाङमा परेको हिमपातले त्यहाँको जनजिवन निकै कष्टकर बनायो । लामो समयसम्म परेको हिमपातले सडक अबरुद्ध भई आवातजावतमा समेत समस्या ल्याएको थियो । हिमपातपछि पिसाङ नजिकैंको ढिकुरपोखरीमा आएको हिमपहिरोले सडक पूर्ण रुपमा अबरुद्ध बनेको थियो ।

आवागमन नै बन्द भएपछि अबरुद्ध सडक सुचारु गर्न संविधान सभाका पुर्व साँसद एवं पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ, साँसद पोल्देन छोपाङ गुरुङ, साँसद कर्मा घले, प्रदेश साँसद राजिव गुरुङ र स्थानीय सरकारका पदाधिकारीहरुले सहयोग गरेको स्थानीय युवा छिरिङ गुरुङले जानकारी दिए ।