सैनिक प्रतिष्ठानमा दीक्षान्त समारोह समापन

सैनिक प्रतिष्ठानमा दीक्षान्त समारोह समापन


खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालन भएको सि।सं। ५७ अ।क्या। तालिममा तालिमरत अधिकृत क्याडेटहरुको स्नातक तहको दीक्षान्त समारोह सोमबार सम्पन्न गरिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा सिएनसी थापाले एकेडेमीको विभिन्न विषयमा उत्कृष्ट अंक हासिल गरी एकेडेमीतर्फ प्रथम, द्वित्तिय र तृतीय हुने शिक्षार्थीहरु क्रमशः सफलता श्रेष्ठ, सन्जोग कार्की र प्रज्ज्वल खतिवडालाई पुरस्कृत गर्नु भयो ।

दीक्षान्त समारोहमा पुरुष ५४, महिला ८ र विदेशी २ ९केन्या र माल्दिभ्स० गरी जम्मा ६४ जना शिक्षार्थी दीक्षित भएका थिए ।

समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। तिर्थराज खनिया, अवकाशप्राप्त प्रधानसेनापतिहरु, प्राध्यापकहरु, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, अधिकृतलगायत अधिकृत क्याडेटका परिवारजनको समेत उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ ।